काठमाडौँको अपार सफलता पछि विराटनगरमा मञ्चन हुँदै नाटक ‘अर्काे अर्थ नलागेमा’

काठमाडौँ । समसामयिक राजनीतिलाई कटु व्यंग्य प्रहार गरी तयार पारिएको नाटक ‘अर्काे अर्थ नलागेमा’ काठमाडौँमा भव्य रूपमा सफल मन्चन भएसँगै विराटनगरमा पनि प्रदर्शन गरिने भएको छ ।

गत फाल्गुण १८ गतेदेखि राजधानीको मण्डला नाटक घरमा २० दिनसम्म सो नाटक प्रस्तुत गरिएको थियो । हरेक दिन हाउसफुल भएको उक्त नाटक श्रुृुङ्खला विराटनगरको आरोहण–गुरुकुलमा प्रदर्शन हुने भएको हो ।

वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको उक्त नाटक यही चैत्र १७ गतेदेखि २० गतेसम्म सुशीला कोइराला नाटकघरमा प्रदर्शन गर्ने गरी तयारी अअघि बढाइएको छ । तीन दिनसम्म साँझ ५ बजे मञ्चन हुने सो नाटकको लेखन भाषाविद् शरच्चन्द्र वस्तीले गरेका हुन् ।

विशेष गरी वस्तीले हरेक शनिबार कान्तिपुर दैनिकमा ‘अर्को अर्थ नलागेमा’ शीर्षकमा लेख्दै आइरहेका १० स्तम्भलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ । उक्त नाटकले राजधानी काठमाडौँका दर्शकको मन अत्यन्तै जित्न सफल भएको थियो ।

१० जना निर्देशकले निर्देशन गरेको उक्त नाटकमा नाटक कक्षा सञ्चालन हुने विद्यालय ज्ञ का १० जना विद्यार्थीहरुले निर्देशनतथा ज्ञ कै ३७ जना विद्यार्थीहरुले अभिनय गरेका छन् । उक्त नाटकमा वर्तमान समयमा नेपालमा देखिएको राजनैैतिक, सामाजिक तथा समसायिक विकृति र विसंगतीमाथि चर्काे प्रहार गरिएको छ ।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !