पल शाह र पुजा शर्माको ‘डल्ली रेशम’ सार्वजनिक

प्रताप दास र मेलिना राईको आवाजमा सजिएको ‘डल्ली रेसम’ गीतको भिडियो य़ुटुब मार्फत सावजनिक गरिएको छ। भिडियोमा नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन्। निकेश खडकाले खिचेको भिडियोलाई बुद्ध थापाले क्यामेरामा कैद गरेका हुन् भने सम्पादन र कलरिङ् विकास धमलाले गरेका हुन्।

भिडियो धेरै राम्रो बनेको छ भने दर्शकले धेरै मन पराएको जोडी हुन् पल र पुजा। गीतमा डिपी खनालको शब्द, नवीन कार्कीको लय सिर्जना, र विशाल निरौलाको संगीत संयोजन रहेको छ।

भिडियो :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !