दीपकको स्टाटस: नेपालीलाई त हरेक दिन हाम्रा नेता र पार्टीहरूले अप्रिल फूल बनाइरहेकै छन् नि !’

आज अप्रिल फूल अर्थात ढाँटेर अरुलाई मूर्ख बनाउने दिन । यो दिवस विशेषगरी पश्चिमा तथा गोरा बाहुल्य देशमा मनाइन्छ । आज नेपालमा पनि कतिपयले अप्रिल फूल मनाइरहेका छन् । कतिले सामाजिक सञ्जालमा झुटा खबरहरु पोस्ट गरिहेका छन् ।

यसैबीच, कलाकार दीपकराज गिरीले पनि अप्रिल फूललाई स्मरण गरेका छन् । उनको अप्रिल फूल भने नेताहरुप्रति लक्षित छ । उनले नेपाली नेताहरुले नेपाली जनतालाई हरेक दिन जसो अप्रिल फूल बनाइरहेको कारणले यो दिवस नेपालमा मनाइरहन आवश्यक नभएको तर्क गरेका छन् ।

‘आज अप्रिल फस्ट, अरूलाइ मूर्ख बनाउने दिन । गोराहरूका लागि हो यो, हाम्रो लागि होइन’, उनले फेसबुकमा लेखेका छन्, ‘हामी नेपालीलाई त हरेक दिन हाम्रा नेता र पार्टीहरूले अप्रिल फूल बनाइरहेकै छन् नि !’

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !