आमा बन्ने भएपछी नायिका प्रियंका कार्कीको खुसि !

नायिका प्रियंका कार्की गर्भवती भएकी छिन। लामो प्रेम सम्बन्ध पछि एक बर्ष अगाडी नायक आयुश्मान देशराज जोशीसंग विवाहा गरेकी नायिका प्रियंका एक बर्षपछि आमा बन्न लागेकी हुन्। नायिका प्रियंका स्वयंले फेसबुकमा आफु गर्भवती भएको तस्बिर सेयर गर्दै खुसि ब्यक्त गरेकी छिन।

आफ्नो आधिकारिक फेसबुकमा आयुश्मानले बेबी बम्पलाई चुम्बन गरेको तस्बिर सेयर गर्दै लेख्छिन ‘यु क्यान स्टप आस्किङ नाउ । यस, वि आर प्रेग्नेन्ट ।’ उनले उक्त तस्बिर सेयर गरेपछी उनीहरुका शुभचिन्तकले बधाई दि रहेका छन् भने फेसबुक कमेन्टसमा केहि व्यक्तिहरुले भने दुवै पो प्रेग्नेंट ? भनेर कमेन्ट गरेका छन् किनभने प्रिंकाले ‘वि आर’ भनेर लेखेकी थिइन्। जे होस् हाम्रो तर्फबाट पनि नायिका प्रियंका कार्कीलाई धेरै-धेरै शुभकामना !

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !