नायिका सुपुष्पा भट्ट निर्माता रौनक विक्रम कँडेलको प्रेममा

चलचित्र ‘रणवीर’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुपुष्पा भट्ट चलचित्र ‘कबड्डी’का निर्माता रौनक विक्रम कँडेलको प्रेममा रहेको कुरा सार्वजनिक भएको छ। यो कुराको जानकारी उनि स्वयंले एक मिडियासंगको कुराकानीमा दिएकी हुन्। नायिका सुपुष्पाका अनुसार रौनकसंग हाल उनि डेट गरिरहेकी छिन तर विवाहको बारे भने अझै केहि समय लाग्ने छ।

नायिका सुपुष्पा भट्टले अभिनय गरेको चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनको पर्खाइमा छ। उनले चलचित्र ‘रणवीर’ पछी चलचित्र ‘छ माया छपक्कै’ मा पनि अभिनय गरिन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !