कलाकार शिशिर भण्डारी हस्पिटलको सैयामा

कलाकार शिशिर भण्डारीको दर्शकले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’को सिक्वेल ‘फोटो फिरिममा २ रुमाल चिनो छ’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको फस्ट लुकमा कलाकार शिशिर भण्डारीलाई हस्पिटलको सैयामा निराशा अवस्थामा देखाइएको छ। ‘फोटो फिरिममा’ को अन्त्य निकै सस्पेन्स तरिकाले भएको थियो। यस फर्स्ट लुक्ले दर्शकमाझ झन् कौतुहलता झन् बढ्ने छ।

शिशिर भण्डारी इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा शिशिरका अलावा रिश्ता बस्नेत, जुन सुन्दास, प्रकाश रामदाम, सुरक्षा जिसी र वसन्त भण्डारीको पनि अभिनय रहेको छ। शिशिर भण्डारी स्वयंले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका हुन्।

गायक प्रताप दास, कुमार अभि र गायिका रचना रिमालको आवाजमा सजिएको गीतमा शब्द तथा संगीत शिशिर भण्डारीकै रहेको छ। संगीत संयोजन भने बिशाल निरौलाको रहेको छ। गीतको भिडियो २०७८ साल बैशाख २ गते बिहिवारका दिन नयाँ नयाँ न्यज नेपाल युटुब च्यानल बाट सार्वजनिक हुनेछ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !