कलाकारको फेसबुक ह्याक गर्ने १४ बर्षीय बालक

केहि दिन अगाडी कलाकार दीपाश्री निरौला, सरोज खनाल, गीतकार तथा रंग पत्रकार दयाराम पाण्डे लगायतको आधिकारिक फेसबुक ह्याक भएको थियो। ह्याकरले फेसबुक ह्याक गरेर विभिन्न व्यक्तिहरुलाई म्यासेज गर्दै पैसा मागेका थिए। आफ्नो अकाउण्ट ह्याक भएपछी कलाकारहरुले प्रहारलाई उजुरी दिएका थिए।

ह्याकरको खोजि गरिरहेको नेपाल प्रहरीको साइबर ब्युरोले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको छ। साइबर ब्युरोका अनुसार उनले नै कलाकारहरुको फेसबुक ह्याक गरेका हुन्। जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई पक्राउ गरिएको हो। उनले किन ह्याक गरे भनेर हाल टेकुमा अनुसन्धान भैरहेको छ।

नायिका दीपाश्री निरौलाले भने आफ्नो अकाउन्ट रिट्राइभ भएपछी ह्याकरले म्यासेज गरेर पैसा मागेको असुविधा प्रति एउटा स्टाटस लेख्दै माफी मागेकी छिन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !