नायिका गरिमा पन्त आमा बन्दै

केहि वर्ष देखि श्रीमान हरि शर्मासँग बेल्जियममा बस्दै आएकी नायिका गरिमा पन्तले आफु गर्भवती भएको तस्बिर आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउण्टमा सार्वजनिक गरेकी छिन। उनले क्याप्सनमा ‘शृस्टिबाट शृस्टिकर्ता ।। जिबनको अर्को सुन्दर अध्यायमा प्रवेश ।।। ‘ लेख्दै श्रीमानसंग दुई ओटा तस्बिर सेयर गरेकी छिन। उक्त पोस्टमा शुभचिन्तकहरुले बधाई दिइरहेका छन्।

नायिका गरिमा पन्त नेपाली सिने जगतकी सुन्दर र भलाद्मी नायिकाको रुपमा परिचित छिन। उनले पछिल्लो समय चलचित्र ‘झोला’मा अभिनय गरेकी थिइन्। त्यसपश्चात भने उनले कुनै पनि फिल्ममा अभिनय गरेकी छैनन्। उनले चलचित्र ‘झोला’बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत हात पारेकी हुन्। उनि हरि शर्माकी दोश्रो श्रीमती हुन्।

केहि दिन अगाडी नायिका प्रियंका कार्कीले आफु गर्भवती भएको फोटो सामाजिक संजालमा सेयर गर्दा उनि ट्रोलको सिकार बनेकी थिइन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !