वेब सिरिज ‘इ ओ जी’को पोस्टर सार्वजनिक

प्रकु पाण्डेको निर्देशन रहेको वेब सिरिज ‘इ ओ जी’ इरोर्स अफ गडको पोस्टर सार्वजनिक गरिएको छ l सार्वजनिक गरिएको पोस्टरमा सिरिजका मुख्य कलाकारलाई स्थान दिईएको छ। कलासी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिरिजको कथा संगीत सापकोटाले लेखेका हुन्। सिरिजमा विजय बराल, राज न्यौपाने ,घनश्याम जोशी, विकाश जोशी, भोला राज सापकोटा, कमलमणि नेपाल, आनन्द छेत्री, लगायत दर्जन बढी कलाकारहरुको अभिनय रहेको छ।

सिरिजको प्रदर्शन मिति भने केहि दिन पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने निर्माण टिमको योजना रहेको छ। नेपाली रंगीन छेत्रमा सिरिज ‘इ ओ जी’ले नया रेकर्ड राख्ने निर्माण टिमको बिश्वास रहेको छ। दर्जन बढी कलाकार, महँगो बजेट, र फरक कथा रहेको सिरिजमा सगुन पोख्रेलको लगानी रहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !