शिशिर भण्डारीको ‘फोटो फिरिममा २ रुमाल चिनो छ’को भिडियोमा दर्शक रुवाउने कथा (भिडियो)

कलाकार शिशिर भण्डारीको दर्शकले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’को सिक्वेल ‘फोटो फिरिममा २ रुमाल चिनो छ’ य़ुटुब मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको सिक्वेल भिडियो धेरै राम्रो अनि मार्मिक बनेको छ। शिशिर भण्डारीको डेब्यू निर्देशन रहेको भिडियोमा अहिलेका चर्चित नायक आकाश श्रेष्ठ पनि बिशेष भूमिकामा देखिएका छन्।

शिशिर भण्डारी इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा शिशिर र आकाशका अलावा रिश्ता बस्नेत, जुन सुन्दास, प्रकाश रामदाम, सुरक्षा जिसी र वसन्त भण्डारीको पनि अभिनय रहेको छ। भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका हुन्।

गायक प्रताप दास, कुमार अभि र गायिका रचना रिमालको आवाजमा सजिएको गीतमा शब्द तथा संगीत शिशिर भण्डारीकै रहेको छ। संगीत संयोजन भने बिशाल निरौलाको रहेको छ। गीतको भिडियोमा प्रेममा बिछोड, त्याग र बिछोड पछिको मानसिक र शारीरिक सन्तुलन गुमाएको अवस्थालाई देखाईएको छ। गीतको बाकि कथा रचना रिमालको आवाजमा चाडै आउने बताइएको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !