मौलिक झ्याउरे भाका ‘छुट्यो माया चरी बस्यो भाग-२’ सार्वजनिक (भिडियो)

सिता गुरुङ र हरिमाया गुरुङको प्रस्तुति रहेको मौलिक झ्याउरे भाका ‘छुट्यो माया चरी बस्यो भाग-२’ को भिडियो ‘सिता गुरुङ हरिमाया गुरुङ’ नामक य़ुटुब च्यानल बाट सार्वजनिक गरिएको छ। दिप गुरुङको निर्देशन र कोरियोग्राफी रहेको भिडियो धेरै राम्रो बनेको छ। भिडियोको कन्सेप्ट र कथा सुरज गुरुङको रहेको छ।

मेक बहादुर थापाले सम्पादन गरेको भिडियोलाई बिजय लामाले खिचेका हुन् भने ड्रोन विकाश दाहालले उडाएका हुन्। भिडियोमा सुरज गुरुङ, सविन गुरुङ, मनिता गुरुङकको अभिनय साथै आनन्द गुरुङ, आशिष गुरुङ,सुदिप गुरुङ, बबिता गुरुङ, पार्वती गुरुङ,र गंगा गुरुङको नृत्य रहेको छ।

सिता गुरुङ, हरिमाया गुरुङ,र सविन गुरुङको आवाज रहेको गीतको लय संकलन सविन गुरुङ, शितल गुरुङ र विमल परियारले गरेका हुन्। दिवान किनारको एरेन्ज रहेको गीतको शब्द सिता गुरुङ, हरिमाया गुरुङ,र सविन गुरुङको रहेको छ।

भिडियो हेर्नुहोस :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !