‘राम हो झुमा हो’ गीतको भिडियो सार्वजनिक

सुनिल क्षेत्रिको कोरियोग्राफी रहेको ‘राम हो झुमा हो’ बोलको गीतको भिडियो य़ुटुब मार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा सुनिल क्षेत्रि र गीता ढुंगानाको अभिनय रहेको छ।

राम के ए सी को निर्देशन रहेको भिडियोलाई चक्र बहादुर महर्जनले खिचेका हुनभने मिलन श्रेष्ठले सम्पादन र रेनिश फागोले कलर ग्रेडिङ्ग गरेका हुन् । मौलिक लोक आधुनिक शैलीको गीतको भिडियोमा मायाप्रेमको विषयलाई समेटिएको छ ।

गायक श्रीकृष्ण श्रेत्री र गायिका मेलिना राईको स्वरमा रहेको ‘राम हो झुमा हो’ बोलको गीतमा बिदुर गिरीको शब्द तथा स्वयं गायक क्षेत्रिको संगीत रहेको छ । गीतको भिडियो धेरै राम्रो बनेको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !