युटुब ट्रेण्डिङ्गको नम्बर १ मा प्रकाश सपुतको ‘मेरो पनि हैन यो देश’

काठमाडौँ : गायक प्रकाश सपुतको ‘मेरो पनि हैन यो देश’ गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ। शुक्रबार साँझ गायक सपुतको युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। अहिले गीतको भिडियो युटुब ट्रेण्डिङ्गको नम्बर १ मा रहेको छ ।

राष्ट्रभक्ति भावले ओतप्रोत गीत क्रान्तिकारी शैलीको छ। रचनात्मक रुपमा प्रस्तुत गीतमा नेपालीको यथार्थ चित्रण गरिएको छ। हिमाल पहाड तराई पूर्व पश्चिम सबै भेगको प्रतिनिधित्व गरी प्रस्तुत गीतमा मूलुकका सबै पक्ष समेट्ने प्रयास गरिएको छ।

देशकै नागरिक भए पनि अनागरिकको अनुभुति गर्नु परेको विषय उठान गरिएको गीतको शब्द संगीत गायक सपुत कै रहेको छ। सामुहिक स्वरमा देवेन्द्र बब्लुु, सुनिल विक, अमित सुनार, विशाल घिमिरे, आकाश नेपाली, प्रेमा राना मगर, ज्ञानु परियार, पार्वती सुवेदी, मीना श्रीस र रुपी सिंजाली मगरले साथ दिएका छन्।

प्रकाश सपुतकै कन्सेप्ट र निर्देशन रहेको भिडियो धेरै राम्रो बनेको छ । दर्शकहरुले गीतको भिडियोलाई धेरै मन पराएका छन्। गीतको भिडियोमा प्रकाश सपुत, भोलाराज सापकोटा, कुलदिप अधिकारी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !