नितेश जंग कुँवरले सांगीतिक क्षेत्र बाट सधैका लागि बिदा लिए

नेपाली युवायुवती माझ लोकप्रिय रहेका गायक नितेश जंग कुँवरले आफ्नो सांगीतिक यात्रा टुङ्गिएको जानकारी आधिकारिक फेसबुक मार्फत दिएका छन् । उनले लेखेको स्टाटस अनुसार उनि सांगीतिक क्षेत्रबाट नै बिदा भएका हुन् ।

उनले फेसबुकमा लेखेको कुरा जस्ताको त्यस्तै ‘प्यारा साथीहरू, मलाई विश्वास छ कि मेरो नेपाली संगीत यात्रा निष्कर्षमा पुगेको छ, म तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु। स्वस्थ रहनुहोस् र नम्र हुनुहोस्’ ।

गेडे जस्तो जिन्दगी, हाम्रो नेपालमा, निस्ठुरी मोरी लगायत गीतहरू युवामाझ लोकप्रिय छन् । उनको यो निर्णयले धेरै फ्यानहरु निराश भएका छन् । उनले किन यस्तो निर्णय लिए त्यो भने केहि खुलेको पनि छैन । नितेश जंगले नेपाली पप गायन विधामा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।

नितेश जंगले अव के गर्छन ? किन यस्तो निर्णय लिए ? भन्ने बारे दर्शकहरुको चासो र गुनासो छ । उनले सेयर गरेको पोस्टमा धेरैले दुख ब्यक्त गरेका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !