युटुब बाट हटाइयो ‘फोटो फिरिममा २ रुमाल चिनो छ’, हटाउनुको कारण यस्तो रहेछ

दर्शकले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’को सिक्वेल ‘फोटो फिरिममा २ रुमाल चिनो छ’ को भिडियोलाई युटुब बाट हटाइएको छ | कलाकार शिशिर भण्डारीले आफ्नो आधिकारिक फेसबुक मार्फत सबैलाई जानकारी दिएका हुन् |

गीत ‘फोटो फिरिममा २ रुमाल चिनो छ’ लोकदोहोरी गीत ‘औंठी चिनो छ’ संग मिल्न गएको भन्दै केहि दर्शकहरुले गीत चोरीको आरोप पनि लगाएका थिए | शिशिरले भने आफुले सधै अग्रजको सम्मान गर्ने भएकाले भुलबस उक्त गीतसंग आफ्नो गीत मिल्न गएको र रुमाल चिनो गीत सुनिरहदा आफुलाई आत्मसंतुष्टि नमिलेको र गीतलाई हटाइएको स्पस्टिकरण दिएका छन् |

‘औंठी चिनो छ’ का सर्जकहरुबाट भने आफुलाई गीत हटाउन कुनै दबाब नआएको साथै उहाहरुले चोरीको आरोप पनि नलगाउनु भएको कलाकार भण्डारीले स्पस्टिकरण भिडियोमा बताउनु भएको छ | ‘फोटो फिरिममा – २ रुमाल चिनो छ’ गीत हटाइएकोमा धेरै दर्शकहरुले गुनासो गरिरहदा कलाकार भण्डारीले भने चाडै केहि बिशेष खुसीको खबर लिएर आउने जानकारी दिएका छन् |

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !