काहीँ नभाको जात्रा हाडिगाँउमाः प्रीयंकाले पेटभित्रको बच्चालाई जुस खुवाउँदै

काठमाडौँ । हाल सामाजिक सञ्जालमा नायिक प्रीयंका कार्कीको एक तस्वीर भाइरल भएको छ ।

अभिनेत्री प्रीयंका कार्की यतिबेला गर्भवती छिन्। केही हप्ता अघि वि आर प्रेगनेन्ट लेखेर श्रीमान श्रीमतीको तस्वीर राखेकी उनले त्यसपछि आफ्नो गर्भावस्थाका थुप्रै तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । त्यति मात्र नभएर प्रगनेन्सीका विषयमा उनले कार्यक्रम समेत प्रशारण गर्ने गरेकी छिन् ।

केही दिन अघि उनै नायिक कार्कीको अर्काे तस्वीर सामाजिक सञ्जालमा आयो । कार्कीले नै पोष्ट गरेको आफू सँगै बच्चालाई जुस खुवाउन खोजिएको जस्तो देखिने तस्वीर निकै हाँसोको पात्र बनेको छ ।

प्रीयंका पश्चिमा संस्कृतिलाई खुबै फलो गर्छिन्। नेपालमा कसैले नगरेको चीज प्रीयंकाले गर्छिन्। त्यसैले उनी हासोको पात्र पनि बन्छिन्। अब त प्रीयंकाको नाम सुन्न बित्तिकै हास उठ्छ होला दर्शकलाई।

यो तस्वीर पनि पश्चिमा संस्कृतिकै फलो गरेर सार्वजनिक गरिएको हो । तस्वीरमा आफुले मुखबाट जुस खाइरहेकी छिन् । नाइटोमा बच्चाको चित्र बनाएर त्यहाँ पनि पाइप हाल्दिएर बच्चालाई जुस खुवाइरहेकी छन्।

यो तस्वीर बाहिरिएपछि अधिकांश दर्शकले उनको आलोचना गर्दे हासोमजाक गरेका छन् । कतिले कमेन्ट गरेका छन्ः काहीँ नभाको जात्रा हाडिगाँउमा ।

यो मात्र होइन उनले बोल्ने गरेका धेरै वाक्यांशाहरु पनि विवादित बन्ने गरेका छन् । उन्को जिब्रो यति चाँडै चिप्लिन्छ कि सञ्जालमा हासो मजाक शुरू भइनै हान्छ ।

जे होस्, कार्कीलाई हार्दिक बधाई आमा बन्न लागेकोमा ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !