प्रकाशमान सिंह भन्छन् : मेलम्ची खानेपानी आयोजनाको समस्या छिट्टै समाधान हुन्छ

काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

मेलम्चीको आयोजना स्थल सिन्धुपाल्चोक पुगेका सिंहले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए ।

‘परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिन्छौं । यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्विर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ,’ उनले भने ।

उनले चुनावका बेला जहिले पनि काठमाडौंबासीले पानी कहिले खुवाउँछौँ भनेर सोध्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार