झापा।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई छैठौ पटक प्रधानमन्त्री हुँदा के चमत्कार हुन्छ ? भनेर प्रश्न गरेका छन् ।
शुक्रबार आयाेजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै झापा १ का प्रतिनिधिसभा सदस्य समेत रहेका शर्माले भने, ‘पाँच पटक प्रधानमन्त्री हुँदा नगरेको अब छैठौ पटक प्रधानमन्त्री हुँदा अब के चमत्कार गर्नु हुन्छ सभापति ज्यु ?’ वर्तमान प्रधानमन्त्री समेत रहेका देउवालाई लक्षीत गर्दै शर्माले भने, ‘एउटा मान्छे आफ्नो जिवनकालमा कति पटक प्रधानमन्त्री हुने ?’
शर्माले भने, ‘आफु पाँच पटक प्रधानमन्त्री हुँदा हाम्रा सभापतिले ५४ बर्षसंगै राजनिति गर्नु भएका रामचन्द्र पौडेललाई एक पटक पनि तपाई हुनुहोस भनेर अगाडी सार्नु भएन तर अब त्यस्तो हुदैन, म प्रधानमन्त्रीका लागि गगन थापालाई प्रस्ताव गर्छु र सबैको सहमति जुटाउन पहल पनि गर्छु ।’
मैले रामचन्द्र दाईलाई पनि भनिसके, शर्माले भने, ‘अब गगनलाई प्रधानमन्त्री बनाउन भुमिका खेल्नुहोस ।’ राजनितिक परिवर्तनको एजेण्डा अब नरहेको भन्दै अब आफ्नो पुरै ध्यान सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुने शर्माले बताए ।
मंसिर ४ को आम चुनाव पछि सबैभन्दा ठुलो शक्ति भएको काँग्रेसको नेतृत्वमा अब बन्ने सरकारमा पनि प्रधानमन्त्रीका लागि देउवाले नै गर्ने मनशाय व्यक्त गरे पछि कांग्रेस भित्र देउवाको विकल्पका रुपमा महामन्त्री शर्माले अर्का महामन्त्री गगन थापाको नाम भावि प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।