पल शाहको परोपकारी कामः कोभिडका विरामीको लागि निशुल्क अक्सिजन सेवा

काठमाडौँ । नेपाली फिल्म इन्डष्ट्रीका बहुचर्चित नायक पल शाहले मुलुक कोरोनाभाइरस महामारीको कारण आक्रान्त भएको अवस्थामा विरामीहरुको निम्ती अक्सिजनका सिलिण्डर संकलन र वितरण गर्ने अभियानको शुरूवात गर्नुभएको छ ।

अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई दुई तीन दिनभित्रै सहयोग गरिने गरी काम शुरू गरिएको शाहले बताउनुभयो ।

‘आर्थिक अभावको कारण अक्सिजन नपाएर कुनै पनि निम्न वर्गका नेपालीहरुले ज्यान गुमाउन नपरोस भनेर निशुल्क अक्सिजन सेवाका लागि हामि तयारीमा छौ।’ उहाँले भन्नुभयो, ‘यो विषम परिस्थितिमा निम्नस्तरका व्यक्तिले उपचार नपाएर अनि खानाको अभाबमा बेवारिसे भएर मर्न नपरोस भन्ने उद्देशले हामि सदैब हजुरहरुकै सेवामा छौ ।’

अहिले अक्सिजनत पाइएको तर सिलिण्डर नपाइएको कारण त्यो पनि खोजीमा लागेको उहाँले बताउनुभयो । केही थान सिलिन्डर आफूहरुले नै किनिसकेको उहाँको भनाई छ ।

यसअघि देशका विभिन्न जिल्लामा भएका बाढी पहिरो पीडितलाई पनि घरघरमै पुगी नायक शाहले राहत वितरण गर्नुभएको थियो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !