मेयर बालेनविरुद्ध फेरी खनिए भीम रावल, के भने ?

काठमाडौं :

नेकपा एमालेका नेता भीम रावल निरन्तर काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध खनिएका छन्।

शुक्रबार रातिदेखि मेयर बालेनविरुद्ध प्रश्न तेर्साइरहेका नेता रावलले २२ घण्टाको अवधिमा तीनवटा स्टाटस पाेस्ट गरका छन् । उनले मेयर बालेन साहले नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँग गरेको भेटवार्तालाई लिएर निरन्तर प्रश्न उठाउँदै आएका हुन्। शुक्रबार साँझ ५ बजेर ३३ मिनेट जाँदा मेयर साह र राजदूत थम्पसनले भेट गर्नुअघि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? भन्दै प्रश्न गरेका थिए।

त्यसपछि मेयर साहको जवाफ पाएका रावलले लगातार दुईवटा पोस्ट गरेका छन्। शुक्रबार राति १० बजेर १७ मिनेट जाँदा पोस्ट गरेका रावलले पुन: शनिबार दिउँसो ३ बजे अर्को पोस्ट गरे।

उनले पछिल्लो स्टाटसमा असमान सन्धि–सम्झौता र बाह्य हस्तक्षेपबाट आक्रान्त नेपालमा राष्ट्र हित, सुरक्षा, स्वाधीनता, स्वाभिमान र समृद्धि तथा जनताको हक–हित एवं यसको लागि भएका संवैधानिक व्यवस्थाको निरन्तर पक्षपोषण गर्नु सबै देशभक्त नेपालीको कर्तव्य भएको उल्लेख गरेका छन्। मेयर साहतर्फ लक्षित गर्दै उनले यो कुनै बुढो वा तन्नेरी, पुरानो वा नयाँको वहानामा उदासिन हुने वा कसैलाई विशेष छुट दिनुपर्ने विषय नभएको बताएका छन्।

‘राष्ट्र हित, सुरक्षा, स्वाधीनता, स्वाभिमान र समृद्धि तथा जनताको हक–हित एवं यसको लागि भएका संवैधानिक व्यवस्थाको निरन्तर पक्षपोषण गर्नु सबै देशभक्त नेपालीको कर्तव्य हो। असमान सन्धि–सम्झौता र बाह्य हक्ष्स्तक्षेपबाट आक्रान्त नेपालमा उक्त विषयमा नागरिकता सजगता अत्यावश्यक छ। यो कुनै बुढो वा तन्नेरी, पुरानो वा नयाँको वहानामा उदासीन हुने वा कसैलाई विशेष छुट दिनुपर्ने विषय होइन,’ उनले भनेका छन्, ‘जिम्मेवार पदमा बस्ने जो कोहीले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनु निजको कर्तव्य हो। राज्य वा पार्टीका जिम्मेवारी पदमा रहने कोही पनि उत्तरदायी प्रणालीमा आलोचना, टिप्पणी र नागरिक प्रश्नभन्दा माथि हुनसक्दैन। कसैले आफूलाई सिक्दै र अनुभव बटुल्दै गरेको ठान्ने हो भने अरूका सुझाव, टिप्पणी र आलोचना सहज रूपमा सुन्न, ग्रहण गर्न र तथ्यसंगत किसिमको प्रष्ट बाटो लिनुपर्छ। सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार र जवाफदेही हुनैपर्छ। कसैका कामका बारेमा जिज्ञासा, सरोकार राख्दैमा वा प्रश्न गर्दैमा उ तर्सिनु पर्छ र ?’

बिहीबार ट्वीटरमामार्फत रावलले राजदूत भेट्नका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? भनेर प्रश्न गरेपछि मेयर साहले जवाफ फर्काएका थिए। उनले रावललाई जवाफ दिँदै ‘तपाईंहरूलाई जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन’ भन्दै जवाफ फर्काएका थिए।

परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था रहेको भन्दै रावलले संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्न पनि आग्रह गरेका छन्।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ। कामपाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्,’ रावलले लेखेका छन्, ‘संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार