दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता कायमै, अहिलेसम्म कति मत पाए ?

काठमाडौं ।

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । हालसम्म कूल २७ हजार ४१७ मतगणना हुँदा सत्ता गठबन्धनबाट उमेदवार माओवादी केन्द्रका कार्कीले १२ हजार ४९० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ११ हजार ४०६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखाको प्रदेशसभा १ मा २२ हजार ५५६ मतगणना हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार ६६९ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले नौ हजार २११ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ मा २७ हजार ४८१ मतगणना हुँदा एमालेका भरत केसीले १२ हजार ३३७ र कांग्रेसका बर्मा लामाले १२ हजार २२० मत प्राप्त गरेका छन् ।

दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियो । दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।

कूल एक लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उमेदवार सात गरी २१ उमेदवार चुनावी मैदानमा सहभागी भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार