काठमाडौं ।
प्रतिनिधिसभा सदस्यतर्फ बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्रीप्रसाद पाण्डेको अग्रता कायमै छ । पछिल्लो मतपरिणामानुसार उनले १९ हजार ७५७ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले १५ हजार ४५३ मत ल्याएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ । पाण्डे र थापाबीचको मतान्तर चार हजार ३०४ छ ।
यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार जंगकुमार गिरीले ९० मत मात्र पाएका छन् ।
बाजुरा ‘क’बाट नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाही प्रदेशसभा सदस्य पदमा निर्वाचित भइसकेका छन् ।प्रतिनिधिसभा सदस्य र प्रदेशसभातर्फ बाजुरा ‘ख’मा मतगणना जारी छ ।