को हुन् यी ज्वाइँ–ससुरा जो फरक पार्टीबाट सांसद बने ?

काठमाडौं

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता शरतसिंह भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलाई माला लगाएर बधाई दिएका छन् ।

काठमाडौं–८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ शरतसिंह भण्डारीका ज्वाइँ हुन् ।

पूर्व मन्त्रीसमेत रहेका भण्डारी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । संसदमा ज्वाइँ–ससुरा फरक पार्टीबाट प्रतिनिधित्व गर्ने भएका छन् ।

श्रेष्ठलाई भण्डारीले घरमै बोलाएर परिवारसहित खादा, माला र टीका लगाएर बधाई तथा शुभकामना दिएका हुन् । उनीहरुले पारिवारिक जमघटकाबीच केक काटेर बधाई साटासाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार