सक्किगोनीका दीपक र सरितालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । कलाकार तथा निर्देशक दीपक प्रसाद आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमा एक सन्देश लेख्दै उहाँले आफूलाई कोरोना संक्रमण देखिएके भन्दै चाँडै नै काडिभलाई जित्ने समेत बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ–‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए लगतै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ । म होम आइसोलेसनमा छु र श्रीमतीको उच्च रेखदेखमा छु । मनोबाल उच्च छ, आशा छ चाडै नै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।’

यस्तै कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिनुभएको छ । सामाजिक संजालमार्फत उनले, कोरोना रिपोर्ट पोजिटिभ आएको र यो निकै नै पीडादायी हुने उल्लेख गर्नुभएको छ ।

उहाँहरुले कोरोनालाई सामान्य रुपमा समेत नलिन आग्रह गर्नुभएको छ ।

पछिल्लो समय नेपाली कला क्षेत्रका व्यक्तिहरुमा पनि कोरोनाभाइरसको दोस्रो लहरले प्रभाव पार्न थालेको छ । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी, गायक प्रकाश सपुत लगायतलाई पनि कोरोना संक्रमण देखिएको छ । श्रेष्ठले भने कोरोना जितिसक्नुभएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !