काठमाडौँ
घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग उनकै निवास पुगेर भेटघाट गरेका छन् ।
नेकपा एमालेमा भुसाल नेपालनिकट मानिन्थे । तर, एमालेबाट विभाजित भइ नेपालले एकीकृत समाजवादी बनाउँदा भने भुसाल १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए ।
तर, यसपटकको चुनावमा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार भुसाललाई पाँच दलीय सत्ता गठबन्धनले सहयोग गरेको थियो । तर, उनी पराजित भएका थिए ।