कोरोना जितेर डिस्चार्ज भएका कलाकार मदनमृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना

काठमाडौँ । कोरोनाभाइरस संक्रमण मुक्त भएर डिस्चार्ज हुनुभएका कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना हुनुभएको छ ।

संक्रमण मुक्त भएपनि शरीर सहज नभएको भन्दै केही दिन अघि कोरोनाबारे खेलचक्राई नगर्न आग्रह गर्दै उहाँले भावुक सन्देश दिनुभएको थियो ।

उहाँको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल लगीएको हो । अहिले स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने पोजेटिभ नै आएको कलाकार हरिवंश आचार्यले जानकारी दिनुभयो ।

गत शुक्रबार मात्रै डिस्चार्च हुनुभएका मदनकृष्णको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उहाँलाई पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारीक स्रोतको भनाइ रहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर व्यापक तरिकाले फैलिरहेको अवस्थामा कलाकर्मीहरु पनि धमाधम संक्रमित भइरहेका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !