बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । नेपालमा लोकप्रिय बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।

छातीमा समस्या देखिएपछि न्यूरो अस्पतालमा विहिबार विहान भर्ना गरिएका उहाँका दिउँसो निधन भएको अस्पताललले जनाएको छ ।

संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले उहाँको निधन भएको पुष्टि गर्नुभयो ।

प्रधानमा सामान्य ज्वरो र छातीमा इन्फेक्सन देखिएपछि कोरोनाको शंका गरिएको थियो । तर, पिसिआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

प्रधान प्रसिद्ध नेपाली गायक हुनुहुन्छ । विसं १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उहाँको घरमा साङ्गितिक माहोल थियो।

उहाँको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्ने गर्नुहुन्थ्यो । उहाँका घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो। यसैको प्रभावले विस्तारै उनी पनि सङ्गीतप्रति रूची राख्न थाल्नुभएको थियो ।

‘उहाँका घुम्तीमा नआउ’ है, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरु’ केही चर्चितमध्येका गीतहरु हुन् ।

उहाँको निधनप्रति कलाकर्मी देखि शीर्ष नेताहरुले शोक प्रकट गरेका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !