काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेवि’रु’द्ध’को मु’द्दा’मा जाहेरीकर्ता किशोरीले अदालतमा बकपत्र दिएकी छन् । उनको बकपत्र प्रहरी र सरकारी वकिललाई दिएको बयानभन्दा पनि चर्को रहेको अ’दा’लत स्रोतले बतायो ।
केही दिनअघि अ’दा’लतले दुई पटक गरी किशोरीको बकपत्र लिएको हो । उनले अदालतमा बयान फेर्न सक्ने झिनो आशा सन्दीप पक्षधर वकिलहरूलाई थियो । तर, त्यसको उल्टो भएको छ । किशोरीको बकपत्रले जा’हे’रीलाई समर्थन गरेको मात्र होइन कि अझ कडा । यद्यपि, जा’हे’री र बकपत्रमा कतिपय कु’राहरू बाझिएको स्रोत बताउँछ ।
‘अदालतमा उनको प्रस्तुति हेर्दा कसैले मज्जाले सिकाएर पठाएको जस्तो बुझिन्थ्यो,’ स्रोतले भन्यो, ‘घोकाएको जसरी सबै कुराहरू खरर भनिन् ।’
जा’हे’रीकर्ता किशोरी अहिले माइती नेपालको संरक्षणमा छिन् । उक्त संस्थाकी सञ्चालक अनुराधा कोइराला सुरुदेखि कि’शोरीले बयान फेर्ने सम्भावनालाई लिएर चिन्तित थिइन् । त्यसैले उनी आफैँ र संस्थाका काउन्सीलरमार्फत किशोरीलाई निरन्तर सम्झाई बुझाइ गर्दै आएकी थिइन् । किशोरीले माइती नेपालबाट निस्किन चाहे पनि नदिइएको स्रोतको भनाइ छ । उनलाई त्यहाँ कसैसँग भेट्न र बाहिर निस्किन दिइएको छैन ।
अदालतमा किशोरीको बकपत्रले उनी होस्टाइल हुने सम्भावनाको अन्त्य भएको छ । अब अदालतले हेर्ने भनेको उनको वास्तविक उमेर तथा बला’त्का’र वा सहमतिको सम्बन्ध भन्ने हो ।
यदि जाहेरीमा दाबी गरिएजस्तो किशोरी नाबालिग नै हुन् र शारीरिक सम्बन्ध भएको पुष्टि भयो भने सन्दीपमाथि कडा स’जाय हुन सक्छ । तर, कागजातहरूले उनी उनको वास्तविक उमेर १८ वर्षभन्दा माथि रहेको देखाउँछन् ।
किशोरीले नागरिकता र पछि बनाएको जन्म दर्ताको आधारमा आफ्नो उमेर १८ वर्षभन्दा मुनि रहेको बताएकी छन् । तर, उनको अस्पतालको कागजात, बसाइसराइ कागज, विद्यालयका प्रमाणपत्र तथा सुरुको जन्म दर्ताले १८ वर्ष कटिसकेको पुष्टि गर्ने सन्दीपका तर्फबाट बहस गरिरहेका वकिल लभ मैनाली बताउँछन् । उनको भनाइ उमेर पुष्टि गर्ने पहिलो आधार नागरिकता होइन ।
‘अदालतले सबैभन्दा पहिले अस्पतालको कागज हेर्छ । त्यसपछि क्रमशः जन्म दर्ता, विद्यालयको प्रमाणपत्रहरूलाई आधार बनाइन्छ ।नागरिकताको आधार भनेको सबैभन्दा कम प्राथमिकतामा पर्छ,’ उनले भने ।
यदि सन्दीपका वकिलहरूले पेश गरेका कागजातहरू सही ठहर्याएर किशोरी नाबालिग नरहेको निष्कर्षमा न्यायाधीश पुगे भने सन्दीपलाई राहत हुन सक्छ । त्यस्तो अवस्थामा न्यायाधीशले ज’ब’र’ज’स्ती शा’री’रि’क स’म्ब’न्ध कायम गरिएको हो वा होइन भनेर हेर्छन् ।
यदि किशोरीको अनि’च्छा’बि’ना ब’ल’पू’र्वक शा’री’रिक स’म्ब’न्ध राखिएको पुष्टि भएमा सन्दीपमाथि ब’ला’त्का’रको स’जाय हुन्छ । तर, यदि सहमतिमा सम्बन्ध रहे’को’ पुष्टि भए स’न्दीप नि’र्दो’ष ठहरिन सक्छन् ।
अहिलेसम्म जब’र’ज’स्ती नै स’म्ब’न्ध राखिए’को भन्ने वा’दी प’क्षकले कुनै बलियो प्र’माण पेश गर्न नसकेको स्रोतको भनाइ छ ।