काठमाडौंकै दर्दनाक घटना: पुष्पा गेटमा जि’उँ’दै ज’लि’रहिन्, रमिता हेरेर बस्यो सुदनको परिवार !

काठमाडौं ।

काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा एक युवतीले केटाकै घरमा पुगेर ‘आ ‘त्म दा ‘ह’ गरेकी छन् । गत आइतबार साँझ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रो लियम पदा र्थ छ ‘र्किएर आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।

तर केटी पक्षकाले भने आगो लगाएको हो कि लगाइएको हो भन्नेबारेमा अनुसन्धान गरिनुपर्ने माग गरेको छ । श रीरमा आगो लगाएपछि घाइते अवस्थामा रहेकी पुष्पाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सोमबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

पुष्पाका आफन्तका अनुसार प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुधन संग्रौलाबीच गत भदौ १८ गते इन्गेजमेन्ट भएको थियो । दुवै परिवारको सहमतिमा ‘जनै सुपारी’ आदान प्रदान भएको थियो । दसैंपछि सुधनले पुष्पालाई प्रेम सम्बन्ध समाप्त पार्ने प्रस्ताव गरेका थिए ।

आपसी सहमतिमा फेरि दुई परिवारबीच कुराकानी मिलेको र विवाह गर्ने सहमति भएको पुष्पाका आफन्तले बताए । फेरि सुधनको परिवारले पुष्पालाई मा ‘नसि ‘क त ‘नाव दिएपछि दुई परिवार बसेर ‘इन्गेजमेन्ट’ तो ‘ड्ने सहमति गरेका थिए । तर शनिबार राति सुधनका बुबाले पुष्पालाई फोन गरेको पुष्पाका परिवारका सदस्यहरुको दाबी छ ।

पुष्पाका एक आफन्तले भने,“आइतबार दिउँसो उनी ३ बजे घरबाट पार्टीको लुगा ल्याउने भनेर निस्कएकी थिइन् । यो बीचमा हामीले उनको मोबाइलमा फोन गर्दा कुनै बेला व्यस्त देखाउँथ्यो भने कुनै बेला सम्पर्क हुन सकेन भन्थ्यो । सोही क्रममा ७ बजे सुधनको परिवारबाट हामीलाई हाम्रो घरबाहिर कसैले श ‘री ‘रमा आगो लगाएजस्तो छ पुष्पाजस्तै छन् भनेर खबर गरेका थिए ।”

सुधनकै परिवारले प्रहरीलाई खबर उनीहरुले पुष्पा जलिर ‘हँदा उद्धार नगरको पीडित परिवारजनको आरोप छ । उनलाई प्रहरीले नै पुगेर अस्पताल लगेको थियो । पुष्पाका परिवारले मा ‘नसि ‘क त ‘ना ‘व दिएर आ ‘त्म ‘ह ‘त्या गर्न बाध्य पारेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

सोही उजुरीका आधारमा पीडक सुधन संग्रौलालाई प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीद्वारा नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको परिसर काठमाडौंका एसपी मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार