राजेश, करिश्मा, पल र पुजा पहिलो पटक एकसाथ भिडियोमा (भिडियो)

गायिका अन्जु पन्त र गायक निशान भट्टराईको आवाजमा रहेको गीत ‘हल्का हल्का लजाएर’ को भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ। भिडियोमा पहिलो पटक महानायक राजेश हमाल, महानायिका करिश्मा मानन्धर, नायक पल शाह, र नायिका पुजा शर्मा एक साथ देखिएका छन्। तेजी प्रसाईंको लगानी रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी भने देवेन्द्र पाण्डेको रहेको छ।

भिडियो धेरै राम्रो बनेको छ। भिडियोको मेकिङ्ग देखि सम्पादन सबै कुरा तारिफ योग्य रहेको छ। धेरै पछि दर्शकहरुले भिडियो मार्फत भएपनि पल-पुजा र राजेश-करिश्माको जोडीलाइ एकसाथ हेर्न पाएका छन्। गीतमा चन्द्र प्रसाई “परिस्कृत”को शब्द, सन्तोष श्रेष्ठको संगीत, गोपाल रसाइलीको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिंग/मास्टरिङ्ग रहेको छ।

गीतको भिडियो

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !