ओली- देउवा सत्तामा , प्रचण्डको हरिबिजोग हुने सम्भावना

काठमाडौँ

मंसिर ४ गते भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको सम्पुर्ण नतिजा आएको छ । पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा गएका दलहरुले सरकार बनाउन आवश्यक बहुमत पनी ल्याउन सकेनन् । मत परिणामले आगामी राजनितिक बाटो थप अन्यौलपुर्ण हुने देखिएको छ ।

गठबन्धनको बलमा निर्वाचनमा गएको नेपाली काग्रेस मुस्किलले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भन्दा केही ठूलो भएको छ भने एमाले पनि केहि ठाउँमा आंशिक तालमेल गरेर निर्वाचनमा गएको भए पनि काग्रेस हाराहारीको सिट ल्याउन सफल भएको छ । लोकप्रिय मतमा भने एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।

निर्वाचनको मत परिणाम आए सँगै अब सकार गठनको कसरत सुरु भएको छ । कानुनी पक्रिया निर्वाचन आयोगले सम्पुर्ण नतिजा राष्ट्रपतिलाई बुझाए पछि मात्रै सरकार गठनको प्रक्रिया सुरु हुने भए पनि राजनितिक जोडघटाउ भने सुरु भएको छ ।

पहिलो चासो अहिलेको गठबन्धन नयाँ सरकार गठनमा पनि कायम रहन्छ की रहँदैन भन्नेमा देखिन्छ भने धेरैको ध्यान सबैभन्दा ठूलो दल बनेको नेपाली काग्रेसको संसदीय दलको नेतामा को निर्वाचित हुन्छ भन्नेमा पनि देखिएको छ । नेपाली काग्रेसको संसदीय दलको नेतामा को निर्वाचित हुन्छ भन्ने कुराले अबको राजनितिक कोर्षलाई अघि बढाउने अनुमान गरिएको छ ।

निर्वाचनमा तेस्रो पार्टीमा खुम्चिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री बन्ने दाउ हेरिरहेका छन् । सके गठबन्धनबाट नसके एमालेसँग मिलेर भए पनि प्रधानमन्त्री हुने हिसाबमा रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन हुँदैन भन्ने आवाज काग्रेस र एमाले भित्र कसिलो रुपमा उठिरहेको छ ।

राजनितिक विश्लेषक उद्धव सिग्देलले जनताको म्याण्डेट कुनै एक दललाई सरकारको नेतृत्व गर्ने गरी प्राप्त नभएको भनेको छन् । ओटिभी नेपाल डटकमसँगको कुराकानीमा चर्चित विश्लेषक सिग्देलले जनताको अहिलेको म्याण्डेट भनेको काग्रेस एमाले मध्ये एकले सरकारको नेतृत्व गर र विकास र समृद्धि प्रदान गर भन्न रहेको बताएका छन् ।

संविधान जारी हुने बेलामा काग्रेस एमालेको सहकार्यबाट संविधान जारी गर्न सहज भएको स्मरण गर्दै उनले घण्टी लगायतका पार्टीहरुको उदयले पनि पुराना दलहरु नसच्चिए सकिन्ने संकेत गरेको र सच्चिनका लागी एक मौक आएको सिग्देलले भनेका छन् । बालियो सरकार र बलियो प्रतिपक्षीका लागी पनि काग्रेस एमाले एक हुनु पर्ने उनले बताएका छन् ।

काग्रेस एमाले एक भएर सरकार चलाएर विकास दिन सकेमा दलहरु प्रति विश्वास बढ्ने र दुई दल मिल्दा पनि विकास गर्न नसके दुवै पार्टी एकै पटक समाप्त हुन सक्ने जोखिम पनि रहेको विश्लेषण उनले गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने जनताको म्याण्डेट नरहेको भन्दै उनले प्रचण्डलाई प्रधानमन्त्री बनाए जनमतकै उपहास हुने बताए ।

प्रचण्डल ेत अब प्रधानमन्त्री हुने मेरो पालो हो भन्ने दाबी गरिरहेका छन् सबैलाई मैले प्रधानमन्त्री बनाएँ अब मलाई बनाउनु पर्छ भनिरहेका छन् नी ? भन्ने ओटिभी नेपाल डटकमको प्रश्नमा विश्लेषक सिग्देलले त्यस्ता रुन्चे कुराले सत्ता नपाउने भन्दै प्रचण्डलाई मुख भरिको जवाफ दिएका छन् ।

काग्रेसले प्रधानमन्त्री बनाए प्रचण्ड केपी ओलीसँग मिल्न जान्छन् भने पनि काग्रेसले जान दिनु पर्ने सिग्देलले बताए । प्रचण्डको घुर्किले काग्रेस डराउनु हुँदैन म त भन्छु गठबन्धन टुटोस् बाम एकता होस् अनी मात्रै राम्रो हुन्छ ,देश दुई दलिय सिस्टममा जान्छ काग्रेस पनि बलियो हुन्छ । सिग्देलले भनेका छन् ।

काग्रेसबाट प्रधानमन्त्री बन्ने अनुहार पनि नयाँ आउनु पर्ने विश्लेषक सिग्देलले भनेका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अहिलेको जनमत नभएको भन्दै उनले यदि फेरी पनि देउवानै प्रधानमन्त्री बनेमा नेपाली जनता भने डिप्रेसनमा जाने दाबी पनि उनले गरेका छन् । काग्रेसमा देउवा इतरको पक्ष ४५ प्रतिशत रहेको र उनीहरु एक भएका देउवालाई रोक्न सकिने हिसाब पनि उनले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार