छत्र शाही र काजल जोशीले गरे विवाह, छत्र शाहीको विहेमा किन गएनन् कृष्ण कंडेल

काठमाडौं ।

लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो ।

२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।

इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो । विवाहअघि कैलालीकी काजल र जुम्लाका छत्र प्रेम सम्बन्धमा थिए । इन्द्रेणी कार्यक्रममै भेट भएपछि उनीहरु प्रेममा परे ।

इन्द्रेणीबाहेक टिकटक लगायतका सामाजिक सञ्जालमा समेत छत्र र काजल चर्चित छन् ।छत्र शाही भने आफ्नो विहेमा इन्द्रेणी टिम नआएकाले एकदम दुखी देखिएका थिए।

खुसी हुदै बिहे गर्नुपर्ने ठाउँमा मेरा कोहि पनि रहेनछन भन्दै दुखी हुदै रुदै आफ्नो बिहेमा उपस्थिति जनाएका थिए।

कृष्ण कंडेल र इन्द्रेणी टिम भने विशेष कामले गर्दा बाहिर गएकाले उपस्थित हुन पाएनन्।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार