पार्टी अध्यक्षले श्रीमतीलाई हटाएर आफुलाई सांसद नबनाए आ’त्म’ह’त्या’ गर्छु भन्ने को हुन् ?

जनकपुरधाम ।

मधेश प्रदेशमा समानुपातिकतर्फ एक सिट पाएको नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले आफ्नै श्रीमतीलाई सिफारिस गरेपछि विवादमा तानिएका छन् ।

पूर्व राज्यमन्त्री समेत रहेका अन्सारीले मधेश प्रदेशसभा सदस्यका लागि श्रीमती विमला अन्सारीको नाम निर्वाचन आयोगलाई पठाएका हुन् ।

श्रीमतीको नाम सिफारिस गरेर पार्टी अध्यक्ष अन्सारीले आफूमाथि अन्याय गरेको मधेसी कलस्टरका समानुपातिक उम्मेदवार कमलेश्वर प्रसाद साहले गुनासो गरेका छन् ।

साह सर्लाहीको कविलासी नगरपालिका ७ का बासिन्दा हुन् । आफ्नो नाम सिफारिस नगरेको थाहा पाए लगत्तै उनी काठमाडौं गएर निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

साहले आज काठमाडौंस्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी न्यायका लागि गुहार मागे । उनले निर्वाचन आयोगले कानून बमोजिम न्याय नदिए आ त्म ह त्या गर्ने चेतावनी समेत दिए ।

उनले भने, ‘निर्वाचन आयोगमा निवेदन दिए । आयोगले न्याय गर्छ भन्ने विश्वास छ । यदि न्याय नगरे अनसन बस्छु । त्यसले पनि भएन भने मधेश सरकार बनेको बेला त्यहाँ पुगेर आ’त्म’ह”त्या गर्छु ।’

साह पार्टीमा लाग्नु अगाडि लघुवित्त संस्थामा कार्यरत थिए । अध्यक्ष अन्सारीले मधेसी कलस्टरमा प्राथमिकतामा राखेर सांसद बनाउँछु भन्ने आश्वासन दिएपछि मात्र जागिर छाडेर राजनीतिमा लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार