काठमाडौं ।
टीकापुर घटनामा दो’षी ठहर भई जे’ल परेका रेशम चौधरीलाई छाड्न सरकारले अध्यादेश ल्याउने निर्णयप्रति एमाले सचिव योगेश भट्टराईले विरोध जनाएका छन् ।
गठबन्धन सरकारले सत्ताको लागि व्यवस्थामाथि प्रहार गरेको उनको आरोप छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘रेशमको नाम, अफ्ताबको काम, राजनीतिमा अपरा’धी’करण, अप’रा;ध’को राजनीतिकरण, देश भाँडमा जाओस् कि व्यवस्था बदनाम होस् के मतलब गठबन्धन रहुञ्जेल । यो त कास्टिङ मात्र हो । पूरा सिरिज त आउन बाँकी नै छ !’
उनले राजनीतिमा अप’रा’धीकरण र अ’प’रा’धको राजनीतिकरणमा गठबन्धन रहेसम्म यस्तै भइराख्ने जिकिर गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।