नेहा चौधरीका श्रीमान् पक्राउ, परिवारका सदस्य घरमा ताल्चा लगाएर फरार

जनकपुरधाम ।

दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कु’ट’पिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर-५ का पंकज चौधरीलाई प्र’ह’रीले पक्राउ गरेको छ ।

श्रीमान्‌बाट दाइजोको निहुँमा घरेलु हिं’सा’मा परेकी नेहा चौधरी मंगलबार घर गएपनि उनलाई पस्न दिइएन । त्यसपछि उनी घरको मूलढोकाअघि धर्ना दिएर बसिन् । त्यसपछि प्रहरीले बाध्य भएर पंकजलाई पक्राउ गरेको बताइएको छ ।

मंगलवार साँझ पंकजलाई प’क्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरे । उनले घरेलु हिं’सा’ र दाइजोवि’रु’द्धका मु’द्दा’मा पंकजलाई पक्राउ गरेको बताए । पंकजमाथि कानून बमोजिम का’र’बाही प्रक्रिया थाल्ने पंगेनीको भनाइ छ ।

महोत्तरीको औरही-१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर-५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मा’न’सिक या’त’ना दिन सुरू गरेका थिए । दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्‌को टोकाइ र कु’ट’पि’टबाट थि’ल’थि’लो भएको अवस्थामा माइतीले उ’द्धा’र गरेर अस्पताल पुर्‍याएका थिए ।

नेहा भन्छिन्, ‘श्रीमान् पंकजलाई मात्र पक्राउ गरेर हुँदैन । मलाई कु’ट’पि’ट गर्ने र घर निकाला गर्नेमा सासू-ससुरासहित उनको परिवारका सबै सदस्य संलग्न छन् । उनीहरूलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्छ ।’

पंकज पक्राउ परेपछि उनका परिवारका सबै सदस्य फरार भएका छन् । घरको मुख्यद्वारमा अहिले ताला लागेको छ । एसपी पंगेनीले अहिले पंकजलाई पक्राउ गरेको र अन्यलाई पक्राउ गर्नुपरे आवश्यकताअनुसार पछि गर्ने बताए ।

नेहा र पंकज तीन वर्षको प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमा विवाह गरेका थिए । ७७ साल फागुनमा ईंगेजमेन्ट भएपछि पंकजले नेहाको परिवारसित विभिन्न डिमान्ड गरेर दु:ख दिन थालेका हुन् । अन्ततः ईंगेजमेन्टको एक वर्षपछि गत फागुनमा विवाह भएको थियो । आफ्नो औराही बजारमा भएको घर र जग्गासमेत बेचेर परिवारले धुमधामसँग छोरीको विवाह गरिदिएको थियो ।

नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०-६० लाख चाँदीका गहना दाइजो दिइएको छ । तर, बिहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई या’त’ना दिने गरेको नेहाले बताएकी छन् ।

पंकज एमबीबीएस डाक्टर हुन् । उनले जिल्ला अदालत महोत्तरीमा डि’भो’र्स मु’द्दा दर्ता गराइसकेका छन् । हिं’स्र’क श्रीमान्वि’रु’द्ध नेहाले पनि घरेलु हिं”सा र दाइजोवि’रु’द्ध’का दुई मु’द्दा दायर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार