रवि लामिछानेको संसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने यी व्यक्ति को हुन् ?

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।

रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको,

उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्बाचन आयोगले संबिधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दावी गरिएको छ ।

‘नेपाली नागरिक नभएको व्यक्तिले राजनैतिक दलको सदस्य र पदाधिकारी हुन, निर्बाचनमा उम्मेदवार हुन, प्रतिनिधि सभा सदस्य हुन नपाउने कानूनी व्यवस्था बिपरीत काम कार्यबाही गर्न मिल्छ कि मिल्दैन भन्ने

गम्भीर सार्बजनिक सरोकारको सवाल उपस्थित भएको हुँदा सो बिषयको व्याख्या र निरुपणका लागि यो रिट निवेदन लिएर सम्मानित अदालत समक्ष प्रवेश गरेको छु’ रिटमा भनिएको छ ।रिटमा लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ ।

यो पनि – निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई पुष ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले उक्त जानकारी दिएका हुन्।

‘पुष ३ गते आइतबार १ बजे मुख्य निर्वाचन अधिकृतको आयोजनामा समानुपातिक निर्वाचन प्रणालीको तर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रम आयोगको केन्द्रीय कार्यलयको प्रङ्गणमा गरिने छ,’ थपलियाले भने। प्रतिनिध सभामा समानुपातिक प्रणालीबाट ११० र ७ वटै प्रदेश सभामा समानुपातिक तर्फबाट २२० सांसद निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार