निसान र ऋचाले विवाहको तस्बिर हटाए, एकअर्कालाई अनफलो गरे, सम्बन्ध बिग्रिएकै हो ?

काठमाडौँ

एक समय कला क्षेत्रले आइडल मानेको पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको दाम्पत्य सम्बन्ध अन्त्यको खबरले सामाजिक सञ्जाल रंगिएको छ। यो जोडीले ६ महिनाअघि नै सम्बन्ध विच्छेद गरे पनि जीपीले अंश मुद्दाको छिनोफानो नगरी विवाह गरेपछि उनीहरुको मनमुटाव सतहमा आयो।

अहिले उनीहरु एकले अर्कालाई विभिन्न आक्षेप लगाएर थाक्दैनन्। उषा र जीपीको सम्बन्ध किनारा लाग्नुअघि यस्तै ठूलो होहल्लासहित लोकगायिका बबिता बाँनिया ‘जेरी’ र शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको थियो। यी दुई खबर सेलाउन नपाउँदै नेपाली सांगीतिक क्षेत्रको अर्को चर्चित जोडी अलग भएको चर्चा सुरु भएको छ।

गायक निशान भट्टराई र ऋचा न्यौपानेको सम्बन्ध अन्त्य भएको बताइन्छ। केही समयअघि नै सम्बन्ध अन्त्य भएको बताइए पनि उनीहरुको आधिकारिक धारणा भने बाहिर आइसकेको छैन।

तर उनीहरु अलग भइसकेको उनीहरु निकट स्रोत बताउँछ। यो जोडीले सामाजिक सञ्जालबाट पनि एकअर्काका तस्बिर हटाइसकेका छन्।

को’ रोना महामारीको लकडाउनमै वैवाहिक बन्धनमा बाँधिएका ऋचा र निशानले एकअर्कालाई शक्तिका रुपमा परिभाषित गरेका थिए। एकअर्कालाई परेको कठिन घडीमा बल दिने बताइरहेका निशान–ऋचाले प्रेमपछि कानुनी विवाह गरेका थिए। निशान नेपाल आइडलबाट चर्चामा आएका गायक हुन्।

त्यसपछि उनले थुप्रै हिट गीत गाएका छन्। निशान र ऋचाको संवाद नेपाल आइडलकै बेला सामाजिक सञ्जालमार्फत सुरु भएको थियो। त्यही संवाद र चिनजानलाई विवाहमा परिणत गरेको यो जोडीले सम्बन्ध सकिएको आधिकारिक जानकारी भने दिएको छैन।

यो पनि – नायिका वर्षा राउत आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नेपाली फिल्म क्षेत्रमा ‘नाई नभन्नु ल ४’बाट प्रवेश गरेकी वर्षा यो बर्ष रिलिज भएको ‘के घर के डेरा’को सफलताले खुशी छिन् ।वर्षाको करिअर जसरी उतारचढावका बिच अगाडि बढिरहेको छ, त्यसरी नै उनको व्यक्तिगत जीवनमा पनि उतारचढाव आइरहेको छ ।

बिशेषगरि, बैबाहिक जीवनमा आएको खटपटको खबरले वर्षा यो बर्ष चर्चामा रहिन् । तर, उनी फेरि बैबाहिक जीवनको सुखद पलमा अगाडि बढिरहेकी छिन् । कलाकार तथा व्यापारी संजोग कोइरालासँग ४ बर्ष अगाडि बिहे गरेकी वर्षा अब कम तर राम्रो फिल्ममा काम गर्ने बताउँछिन् ।

वर्षाको जन्मदिनमा सयौं शुभकामनाहरु आइरहेका छन् । तर, उनलाई उनका श्रीमान् संजोगले दिएको शुभकामना भने विशेष छ ।संजोग लेख्छन्–‘तिम्रो जन्मदिनमा शुभकामना दिन मसँग शब्दहरुको कमी छ । तिमीलाई प्रेम र भाग्यले सधै साथ दिओस् भन्ने कामना गर्दछु ।

तिम्रो मुहारमा मुस्कानले कहिले पनि नछाडोस् ।’ संजोगले वर्षालाई शुभकामना दिदै उनको जीवनमा सधै नै खुशी र समृद्धी छाइरहोस् भनेर पनि लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार