जनकपुरधाम ।
दाइजोको कारण घरेलु हिं’सा’को शि’का’र बनेकी नेहा चौधरीले डि’भो’र्स गरेर अलग हुन आफूलाई श्रीमानको घरबाट ३ करोडको अफर गरेको खुलासा गरेकी छन् ।
पीडित नेहाले आज काठमाडौंस्थित रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरी उक्त खुलासा गरेकी हुन् । उनले जति लोभ दिए पनि आफूले कुनै पनि हालतमा डि’भो’र्स नदिने बताइन् ।
‘धेरैले मलाई भन्छन्, पैसाको लागि यस्तो गरेकी हो’, उनले भनिन्, ‘३ करोड रुपैयाँ कम्ति पैसा हो ? अहिलेसम्म मैले यति धेरै पैसा एकैपटक देखेको पनि छैन । ३ करोड लिएर कुरा टुङ्ग्याउ भनेर मलाई भनेको छ । कसरी टुङ्ग्याउँ ? ३ करोडमा मेरो इ’ज्जत कि’न्न खोजेको हो ?’
उनले अर्को बि’हे गर्न खोजेको र पैसाकै लागि यस्तो गरेको भनेर भ्रम फैलाउँदा दुःख लाग्ने गरेको बताइन् । उनले आफू अहिले पनि डा. पंकज चौधरीसँगै बस्न चाहेको बताइन् ।
नेहाले भनिन्, ‘म अलग हुन चाहेको भए उहाँ (पंकज) जस्तै अ’दा’लत पुग्थे र डि’भो’र्स गरिहाल्थे नि !’
उनले आफ्नो श्रीमानको घरमा जानसमेत प्रशासनले रोक लगाएको गुनासो गरिन् । उनले भनिन्, ‘रामगोपालपुर आएपछि उठाएर थुनिदिन्छु भन्ने थ्रे’ट’ दिएको छ । मलाई माइतमा पनि बस्न दिएको छैन । के सम्बन्ध वि’च्छे’द नभएसम्म म आफ्नै घरमा बस्न नपाउने ?’
चाहेको वेला बिहे गर्ने र ६ महिना नबित्दै डि’भो’र्स दिनेक्रम मधेसमा बढेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘मेरो इज्जतसँग खेल्यो र अहिले डि’भो’र्स दिन भन्दैछन् । यसो गर्न मिल्छ ?’
उनले अदालतमा श्रीमान डा. पंकजसहित ६ ज’ना’वि’रु’द्ध’ घरेलु हिं’सा’ र दाइजो’वि’रु’द्ध मु”द्दा दर्ता गराएकी छन् । सो मु’द्दा’मा उनका श्रीमान डा. पंकज पक्राउ परिसकेका छन् । अन्य ५ जना फ’रा’र छन् । फरार सबैलाई प’क्रा’उ गर्न पनि नेहाले माग गरेकी छन् ।
महोत्तरीको औरही १ की नेहाको गत फागुनमा रामगोपालपुर ५ का डा. पं’क’ज’सँग विवाह भएको थियो । दाइजोमा नगद र सुनचाँदी गरी करिब १ करोड बढी रुपैयाँ नेहाका परिवारले दिएको थियो ।
तर, अझै थप दाइजो दिनुपर्ने भन्दै डा. पंकजका परिवारले नेहामाथि या”त”ना दिएको उनले बताएकी छन् । निर्मतापूर्वक कु’ट”पि”ट गरी घरबाट निकालेपछि नेहाले न्यायका लागि न्यायालय र प्रहरी प्रशासन गुहारेकी छन् ।