देवराज न्यौपानेले सार्वजनिक गरे ‘शराबी’

काठमाडौँ । चर्चित गायक देवराज न्यौपानेले आफ्नो नयाँ कोसेली ‘शराबी’ सार्वजनिक गरेका छन् ।

निर्देशक जनक पाण्डेको निर्देशन तथा राजन बी पोजेटिभको शब्द रचना रहेको उक्त गजल गीतमा संगीत गायक न्यौपानेले भरेका छन् । हरेक साँझ शराब पिउने बानी भएको कुरा व्यक्ति गरिएको उक्त गीतको एरेन्ज राहुल विश्वकर्माले गरेका छन् ।

भिडियोमा रङ्गकर्मी राज न्यौपाने, दीप जङ शाही,दीपक सापकोटा, अश्मी बिक, सपना थापा, शिखा परियार, अभिषेक राणा , विजय पङगिनी र वसन्त पोख्रेलले अभिनय गरेका छन् ।

रिन्कु सापकोटाको सम्पादनमा रहेको भिडियोलाई विजय ताम्राकारले खिचेका हुन् । उक्त भिडियो हेप्पी टाइम्स टिभी नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !