वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिक बर्षा राउतलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमा एक सन्देश लेख्दै उनले उक्त कुरा जानकारी गराएकी हुन् ।

आफ्नो गन्ध हराएको र खोकी लागिरहेको भन्दै उनले आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको बताइन् ।

चाडै नै ठिक भएर काममा फर्किने आशा गर्दै उनले आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षाप्रदान गर्न समेत सबैलाई आग्रह गरेकि छिन् ।

मुलुकमा बढिरहेको कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नेपाल चलचित्र कर्मीहरु पनि संक्रमित हुने क्रम बढीरहेको छ ।

नायिका केकी अधिकारी कोरोना मुक्त भैसकेकी छिन् भने कलाकारहरु मदनकृष्ण श्रेष्ठ, प्रकाश सपुत, दिपक आचार्य, सरिता लामिछाने, शिल्पा मास्के, निर्देशक ऋषि लामिछाने लगायत कोरोना पोजिटिभ रिपोर्ट आएपछि घरमै आइसोलेसनमा छन् ।

मदनकृष्ण श्रेष्ठ यस अघि कोरोना निको भएर डिस्चार्ज भएपनि उनलाई फेरी श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई दोस्रोपटक पनि कोरोना पोजेटिभ देखिएको थियो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !