माओवादी संसदीय दलको उपनेतामा वर्षमान र जनार्दनको दाबी, कसले मार्ला बाजी ?

काठमाडौँ

नेकपा माओवादी केन्द्रले आज संसदीय दल नेता चयन गर्दैछ । संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गर्ने लगभग पक्कापक्की छ ।

संसदीय दलको उपनेतामा भने वर्षमान पुन र जनार्दन शर्माको दाबी रहेको छ ।

संसदीय दलको नेता र उपनेता चयन गर्न माओवादीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अपराह्न ४ बजे बैठक बोलाएको छ । उपनेतामा दुई जनाको दाबी रहेपछि पहिला पदाधिकारीको बैठक बसेको छ ।

संसदीय दलको बैठकभन्दा अघि पदाधिकारी बैठक पार्टी कार्यलय पेरिसडाँडामा सुरु भएको छ ।

उपनेताका लागि माओवादीका उपमहासचिवद्वय पुन र शर्माले दाबी गरेका छन् । आफूलाई दलको उपनेता बनाउन वर्षमान र जनार्दनले प्रचण्डसँग माग गरिरहेका बताइन्छ ।

माओवादीले गत वर्ष पुसमा भएको महाधिवेशनमा पनि पुन र शर्माले महासचिवका लागि दाबी गरेका थिए । अन्ततः दुवै जनालाई उपमहासचिव बनाएर प्रचण्डले देव गुरूङलाई महासचिव बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार