मण्डला नाटकघरले भर्चुअल रुपमै देखायो नाटक ‘मितज्यू’ (भिडियो)

काठमाडौँ । मण्डला नाटकघरले यसपटक भर्चुअल रुपमै भएपनि नाटक प्रस्तुत गरेको छ ।

मुलुक कोभिड – १९ महामारीसँग जुधिरहेको अवस्थामा लकडाउन लगाइएको कारण प्रत्यक्ष रुपमा नाटक देखाउन नसकिने भएकोले भर्चुअल रुपमै नाटक देखाउन लागिएको हो ।

उक्त नाटक मन्डला नाटकघरको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रवार ५ बजे प्रिमियर गरिएको छ । ‘मितज्यू’ नाम दिइएको उक्त नाटक २०१४ सालमा पहिलोपटक प्रदर्शन गरिएको थियो ।

सोमनाथ खनालको लेखन, दयाहाङ राईको निर्देशन रहेको उक्त नाटक नेपाली पूर्वीय संस्कृतिहरुको बारेमा केन्द्रीत रहेको छ ।

नेपालको पञ्चायत प्रणालीमा आधारित नाटकमा दुई जना पूराना साथीहरुले समाजका विभिन्न तहतप्काका बारेमा कथा देखाइएको छ ।

उक्त नाटकमा बुद्धि तामाङ, सिर्जना सुब्बा, बिकाश जोशी, उमेश तामाङ, किरण चाम्लिङ्ग लगायतले अभिनय गरेका छन् ।

भिडियो हेरौँ

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !