प्रकाशमान पुगे प्रचण्डको सन्देश लिएर बालुवाटारमा, के बन्लान त प्रचण्ड प्रधानमन्त्री ?

काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै कांग्रेस नेता प्रकाशमान सिंह बालुवाटार पुगेका छन् ।

आज बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका थिए । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । सो क्रममा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए।

कांग्रेसले पनि राष्ट्रपति नछाड्ने बरु प्रधानमन्त्रीमा खुला रहेको विकल्प गठबन्धन दललाई सुनाइसकेको छ । तर पनि देउवाले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने, दुई वर्षपछि प्रचण्ड र तेस्रो कार्यकाल अर्थात् एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने विकल्प प्रस्तुत गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार