काठमाडौँ
सर्वाेच्च अदालतको बुधबारको आदेशपछि आज जेलमुक्त भएका कुख्यात अपराधी चाल्स शोभराजलाई फेरि थुनामै पठाउने तयारी अध्यागमन विभागले गरेको छ ।
अदालतले उनलाई १५ दिनभित्रै स्वदेश (फ्रान्स) फर्काउन आदेश दिएको थियो । सर्वाेच्चको आदेशपछि केन्द्रीय कारागारले आज शोभराजलाई अध्यागमन विभागमा बुझाएको थियो ।
तर, अध्यागमन विभागले आवश्यक कागजपत्र तयार पार्नुपर्ने भन्दै उनलाई पुनः कारागारमै पठाउने तयारी गरिरहेको स्रोतले बताएको छ ।
भिसा लगायतका कागजात तयार नभएसम्म शाेभराजलाई थुनामै राख्नुपर्ने अध्यागमनका एक अधिकारीले बताए ।
आफूलाई शोभराजकी श्रीमती बताउने निहिता विश्वासले शोभराजले फ्रान्स फर्किने चाहना राखेको पत्रकारहरूसँग बताएकी थिइन् ।