बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ

नयाँ सरकार गठनका साथै सत्ता गठबन्धनबीच महत्वपूर्ण पदहरुमा भागबण्डाबारे छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेका छन् ।

शुक्रबार साँझ प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

प्रचण्डले सरकारको पहिलो कार्यकालको प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् भने कांग्रेसले पनि दाबी नछाड्दा सहमति हुन नसकेको छैन । सहमति जुटाउनका लागि शीर्ष तहमा निरन्तर पहल चलिरहेको खण्डमा आज पनि छलफल भइरहेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले दुई नेताबीच छलफल भइरहेको जानकारी दिए

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार