बालुवाटारमा‘पावर शेयरिङ’ बारे निर्णायक छलफल जारी, जुट्ला त सहमति ?

काठमाडौँ

गठबन्धनमा रहेका दलहरूबीच ‘पावर शेयरिङ’को निर्णायक छलफलका लागि नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरिरहेका छन् ।

बिहीवार साँझ भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेपछि उनीहरू फेरि शुक्रवार छलफलमा बसेका हुन् ।

बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । प्रचण्डको प्रस्तावमा कांग्रेसले दोस्रो पालोमा प्रधानमन्त्री हुन र अहिले कांग्रेसलाई छाडिदिन आग्रह गरेको छ तर प्रचण्डले भने कांग्रेसले सरकार चलाइसकेकाले अब आफ्नो पालो रहेको भनेका छन् ।

शुक्रवार दिउँसो देउवा र प्रचण्ड दुवैले ‘साइडलाइन’ छलफल गरेका छन् । कांग्रेस नेता प्रकाशमान सिंह प्रचण्डलाई भेट्न दिउँसो प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले पनि प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाउन भनेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेको अपराह्न ५ बजेसम्ममा प्रधानमन्त्रीको दाबी पेश गर्न समय दिएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार