बालुवाटारमा प्रचण्ड र देउवाबीच भएको बैठक निष्कर्षविहीन टुंगियो, अब कहिले ?

काठमाडौँ

सरकारको नेतृत्वबारे सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

आजको बैठकमा देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन पार्टीभित्र छलफल गर्न जरुरी रहेको बताएपछि बैठक निष्कर्षविहीन भएको हो ।

प्रचण्डले पूर्व सहमतिअनुसार आफूले प्रधानमन्त्री पाउनुपर्ने दाबी गर्दै आएका छन् भने देउवाले पनि ठूलो पार्टीको हैसियतले कांग्रेसकै नेतृत्व हुनुपर्ने दाबी गर्दै आएका छन् ।

अब शनिबार पुनः बैठक बसेर सहमति जुटाउन प्रयास गरिने बालुवाटार स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा सकिन ४८ घण्टा पनि बाँकी नहुँदा सत्ता गठबन्धनमा सहमति जुट्न नसकेको हो । सरकारको नेतृत्वबाहेक अन्य महत्वपूर्ण पदहरुमा पनि गठबन्धनमा सहमति जुट्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार