देउवाको दाबी: आइतबारसम्म गठबन्धनभित्र सहमति जुट्छ

काठमाडौं :

नेपाली कांग्रेसका महिला सांसदहरूले पार्टी सभापति शेरबहादुर देउवा कै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन्।

शनिबार बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग छलफल गर्दै उनीहरूले अहिलेको अवस्थामा गठबन्धनभित्रैबाट सरकार गठन हुनुपर्ने र पहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएका हुन्।

निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेका कारण पनि अबको सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने कांग्रेस सांसद रमा कोइराला पौड्यालले जानकारी दिए।

उनले निर्वाचनमा जादा गठबन्धनसँगै मत मागेकाले गठबन्धन बाहिरबाट सरकार बनाउन नहुनेमा आफूहरूको जोड रहेको बताए। छलफलका क्रममा देउवाले गठबन्धनबीच समझदारी पूर्वक छलफल भइरहेको जानकारी गराएका थिए।

आइतबारसम्ममा गठबन्धनभित्र सहमति जुट्ने सभापति देउवाले बताएका सांसद रमा कोइराला पौड्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार