देउवालाई कांग्रेस सांसदहरूको प्रश्न- ३२ सिटको माओवादीलाई कसरी सरकारको नेतृत्व छोड्न सकिन्छ?

काठमाडौं :

नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि हालतमा सरकारको नेतृत्व नछाड्न दबाब दिएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसदहरूले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन दबाब दिएका हुन्।

निर्वाचनमा जनताले कांग्रेसको नेतृत्वमा सरकार बनाउन म्यान्डेट दिएको भन्दै उनीहरूले ३२ सिटको माओवादीलाई नेतृत्व छाड्न नमिल्ने सुझाव दिएका थिए।

‘निर्वाचनको म्यान्डेटले पनि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन भनेको छ। हाम्रा सबै माननीयज्युहरूको अडान पनि त्यही हो,’ कांग्रेसका सांसद रामहरि खतिवडाले अन्नपूर्णसँग भने, ‘अधिकांश माननीयज्युहरूले ३२ सिटको माओवादीलाई नेतृत्व नछाड्न सुझाव दिनुभएको थियो।’

कांग्रेस सांसदहरूले प्रचण्डको पदलोलुपता गठबन्धनका लागि हानिकारण भएको समेत बताएका थिए। अघिल्लो निर्वाचनमा ५३ सिट जितेको माओवादीले सभामुखमा चित्त बुझाएको भन्दै कांग्रेस सांसदहरूले अहिल्यै नेतृत्व सुम्पिन नहुने सुझाव देउवालाई दिएका थिए।

‘प्रचण्डजीले बढी नै पदललोलुप्ता देखाउनुभयो। अघिल्लो निर्वाचनको कुरा गर्दा पनि उहाँहरू सभामुखमै चित्त बुझाउनुभएको थियो। त्यतिबेला उहाँहरूसँग सिट संख्या पनि धेरै थियो। तर अहिले ३२ सिटमा कसरी प्रधानमन्त्री दाबी गर्न मिल्छ?,’ सांसद खतिवडाले प्रश्न गरे।

उनले प्रचण्ड गठबन्धन तोडेर गए उनको अशली चरित्रको पर्दाफास हुने बताए। ‘गठबन्धन छोडेर गए प्रचण्डजीको चरित्र उदांगो हुन्छ,’ उनले भने। गठबन्धन छोडेर गए माओवादी पनि पतन हुने खतिवडाको भनाइ छ। त्यस्तै कांग्रेस सांसद रमा पौड्यालले पनि निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेकाले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार