प्युठान
काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
‘प्रचण्डले अहिले प्रधानमन्त्रीको इच्छा गरिराख्नु भएको छ। मलाई लाग्छ उहाँले ढिलो गर्नुभयो। लिनुपर्ने र गर्नुपर्ने काम समयमै गर्नुपर्छ। उहाँले ढिला गर्नुभयो।’
उनले पाकेको आँप उदाहरण दिँदै बेला नटिपे आफैँ झरेर जाने टिप्पणी समेत गर्न भ्याए।
‘अब उहाँ (प्रचण्ड) सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । उहाँले समयमा कदम चाल्नु भएन’ ओलीको भनाइ छ।
प्रचण्डले गठबन्धनबाटै पहिलो चरणमा प्रधानमन्त्री बन्न गृहकार्य गरिरहेका छन्। गठबन्धन दलहरू अहिले सरकार गठनको विषयमा छलफलमा जुटेका छन्।
शेरबहादुर देउवा र प्रचण्डमध्ये को प्रधानमन्त्री बन्ने भन्ने टुङ्गाउन सकेको छैन। त्यसो त एमालेले पनि गठबन्धन छाडेर आए प्रधानमन्त्री दिने सन्देश खुमलटार पठाइसकेको छ ।